राजनीति सत्तामा जाने भर्‍याङ मात्र होइन, परिवर्तनको माध्यम बनाउनु पर्छ : उपमहासचिव ज्ञवाली
फाइल तस्बिर

नेकपा एमालेका उपमहासचिव  प्रदीप ज्ञवालीले राजनीतिलाई सत्तामा जाने भर्‍याङको रूपमा मात्र प्रयोग गर्न नहुने बताएका छन् । 

‘बिहीबार विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा उनले छिटो भन्दा छिटो शान्ति सम्झौतालाई टुङ्ग्याउनु पर्ने बताए । 

‘जनतालाई सेवा दिने, भ्रष्टाचार नियन्त्रण, रोजगार प्रवर्धनको कुरामा र आर्थिक वृद्धिदरका कुरामा ध्यान दिनु पर्छ,’ उनले भने ‘राजनीतिलाई सत्तामा जाने भर्‍याङ मात्र नबनाएर जनता र परिवर्तनको माध्यम बनाउनु पर्छ ।’

उनले शान्ति प्रक्रियालाई टुङ्ग्याउन अहिलेका नेताहरू सक्षम रहेको र त्यसलाई टुङ्ग्याउन जरुरी रहेको बताए । उपमहासचिव राष्ट्रिय सवालका लागि पनि यो मुद्दा टुङ्ग्याउन ढिला गर्न नहुने बताए ।  





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार १८:३७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया