फिफा वरीयता : विश्व विजेता अर्जेन्टीना शीर्ष स्थानमै, नेपाल १७५औँ स्थानमा सीमित

विश्व विजेता अर्जेन्टीना विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा शीर्ष स्थानमै रहन सफल भएको छ । 

सार्वजनिक नयाँ वरीयतामा विश्व विजेता अर्जेन्टीना पहिलो स्थानमै यथावत् रहँदा कतार विश्वकपको फाइनलमा हारेको फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् । 

नयाँ वरीयता अनुसार इङ्ल्यान्ड चौथो, बेल्जियम पाँचौँ स्थानमा छन्। वरीयताअनुसार क्रोएसिया छैटौँ, नेदरल्यान्ड्स सातौँ, पोर्चुगल एक स्थानमाथि उक्लिँदै आठौँ, इटाली एक स्थान खस्किँदै नवौँ र स्पेन दशौँ स्थानमा छन् । 

नयाँ वरीयताअनुसार नेपालले १७५औँ स्थानमा यथावत् छ। यसअघि पनि नेपाल १७५औँ स्थानमै थियो। वरीयताअनुसार दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा रहेको छ। 

भारत भने १०२औँ स्थानसहित पहिलो छ । १५५औँ वरीयता पाएको मालदिभ्स दक्षिण एसियामा दोस्रो छ। 

दक्षिण एसियामा नेपालपछि भुटान १८४औँ मा छ। उता बंगलादेश १८९औँ स्थानमा छ।  पाकिस्तान १९७औँ स्थानमा रहँदा श्रीलंका २०२औँ मा छ।





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार १८:४४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया