logo-img

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण  गोल्डकप असोज २८ गतेदेखि  कात्तिक ४ गतेसम्म हुने

डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ ।  मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मी मार्गमा सो प्रतियोगिता सञ्चालन हुने आयोजक क्लबले जनाएको छ ।   

जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको  प्रतियोगितामा प्रथम हुने टिमले नगद आठ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद पाँच लाख सहित ट्रफी साथै प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष बिक्रम वान्तवा राईले जानकारी दिए । उनले प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिने जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि अनुमानित  ६२ लाख ९० हजार रुपैयाँ खर्च हुने र ६९ लाख ४० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको गोल्डकपका प्रचारप्रसार संयोजक नरेन्द्र बस्नेतले बताए । प्रतियोगितामा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाडौं, विग्रेड ब्वाइज क्लब काठमाडौं, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डाँगीहाट युथ क्लब, विर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब र युकेएफसी भारत गरी आठ वटा टिम सहभागी हुने आयोजक क्लबका सचिव शम्भु बस्नेतले उल्लेख गरे । 

प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहने आयोजकले उल्लेख गरेको छ । बेलबारी गोल्डकपमा गत वर्ष  एपीएफ काठमाडौं  विजेता तथा रारा फुटबल क्लब उपविजेता बनेको थियो ।  अन्तर्राष्ट्रियस्तरको गोल्डकपमा १६ हजार दर्शकको सहभागीता हुने आयोजकले जनाएको छ । 





  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार ६:४६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया