logo-img

राष्ट्र बैंकले फेरि निकाल्याे दुईथरी 'गाई पैसा', मूल्य १६ सय र चार हजार

नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ । महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ ।

महाशाखाको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरे । महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का बिक्री सुरु गरेको हो । 

१० ग्राम सिक्काको एक हजार छ सय र २५ ग्राम सिक्काको चार हजार निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई लगाएर मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ । 

दुवै सिक्कामा नौ सय ९९ टचको चाँदी प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ । 

बैंक सञ्चालक समितिको गत जेठ १९ गते बसेको बैठकले १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।



तत्कालीन् राजा महेन्द्रका पालामा १० पैसाकाे सिक्कामा र वीरेन्द्रका पालामा नेपाली पाँच पैसाकाे सिक्कामा गाई​काे चिह्न अंकित हुन्थ्याे । 



  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार १५:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया