logo-img

कार्यसमितिको बैठक लाइभ दिनु मलाई राम्रो लागेन : नेता भण्डारी

नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीको बैठक लाइभ गर्न नहुने बताएका छन् । 

सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले भने, ‘मलाई कार्यसमितिको बैठक लाइभ दिनु राम्रो लागेन । यो केन्द्रीय समितिमा उठेका कुराहरू बाहिर जाने कुरा  होइन । यो बैठक त रावणको नाविमा भएको अमृत जस्तै हो ।’

उनले युवा स्वदेशमा नबस्ने हो भने देशलाई ठूलो असर पर्ने बताए । नेता भण्डारीले सुवास नेम्वाङको देहान्त भएपछि उनको अन्त्येष्टि गर्न कुर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै भोलि अरू यस्तै घटनाले देशलाई राम्रो नगर्ने तर्क गरे । 

हरेक कुराको नेतृत्व कांग्रेसको वरिपरि घुमेको उल्लेख गर्दै देशका समस्यालाई गम्भीरता पूर्वक लिनुपर्ने उनको भनाइ छ । 





  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार १४:२२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया