logo-img

राष्ट्रपति पौडेलको आह्वान : स्थानीय सरकारलाई अधिकार दिन कन्जुस्याइँ नगराैँ

राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह र प्रदेशहरूलाई अधिकार दिन कन्जुस्याइँ गर्न नहुने बताएका छन् । सोमबार जनकपुरधाममा आयोजित नागरिक अभिनन्दन समारोहमा उनले देशका मुख्य शासकले कन्जुस्याइँ नगरी अधिकार दिए देश बदलिन सक्ने बताए । 

‘संघीयताको मर्म अनुसार स्थानीय तह र प्रदेशहरूलाई अधिकार दिन कन्जुस्याइँ भएको छ । अब त्यो हुनु हुँदैन । अब दिल खोलेर जनतालाई अधिकार निश्चित गर्नुपर्छ,’ राष्ट्रपति पौडेलले भने, ‘अधिकार दिन कन्जुस्याइँ गर्नु हुँदैन । खासगरी देशका तीनजना मुख्य शासकहरू प्रचण्ड, ओली र शेरबहादुर देउवाज्यूलाई बोलाएर भन्छु अधिकार दिन कन्जुस्याइँ नगर्नुस् तपाईँहरूले चाहनुभयो भने देश बदलिन सक्छ । ’

निजामती ऐन र प्रहरी समायोजनका लागि पहल गर्नसमेत आग्रह गरेपछि राष्ट्रपति पौडेलले अब सबै अधिकार पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश सरकारलाई बलियो बनाउन आवश्यक भएको बताए ।

उनले प्रहरी तथा निजामती ऐन पारितबिनाको प्रदेशको कल्पना गर्न नसकिने हुनाले मधेश प्रदेशको विकासको अवरोध नै यी दुई विधेयकपारित नहुनु रहेको बताए ।  





  • प्रकाशित मिति : असोज ९, २०८० मंगलबार ७:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया