ला लिगामा मड्रिडको सहज जित, बार्सिलोनालाई उछिन्यो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्पेनिस ला लिगामा रियल मड्रिडले लास पाल्मासलाई २–० ले हराएको छ । घरेलु मैदान सान्टियागो बर्नेबाउमा भएको खेलमा मड्रिडको जितमा ब्राहिम डियाजा र होसेलुले एक/एक गोल गरे ।    

डियाजले पहिलो हाफको अन्तिम समयमा र होसेलुले दोस्रो हाफको नवौं मिनेटमा गोल गरेका थिए । यो जितसँगै रियलले सात खेलबाट १८ अंक जोडेको छ । 

ऊ बार्सिलोनालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । तालिकाको शीर्ष स्थानमा भने जिरोना रहेको छ । ऊ गएराति नै भएको खेलमा भिल्लारियलविरुद्ध २–१ को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो ।  






  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार ९:६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया