सुशासन कायम गर्न एमाले नेतृत्वको सरकार बन्नुपर्छ : योगेश भट्टराई
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा(एमाले)का सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न नेकपा(एमाले)को सरकार आवश्यक रहेको बताएका छन् । 

बिहीबार नेकपा(एमाले) मधेस प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले मधेसमा सुशासन कायम गर्न र आर्थिक, सामाजिक समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताएका हुन् । 

उनले अघिल्लो पाँच वर्षको कार्यकाल र अहिलेको एक वर्षे कार्यकाल हेर्दा मधेस प्रदेशमा एमालेको बहुमतसहितको मुख्यमन्त्री हुनुपर्ने आवश्यकता देखिएको बताए । उनले मधेसी समुदायको स्वाभिमानलाई माथि उठाउन पनि मधेस सरकारको नेतृत्व एमालेले गर्नुपर्ने बताए। सचिव भट्टराईले २०८४ सालमा मधेस सरकार एमाले नेतृत्वमा बनाउने गरी अघि बढ्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए । 

उनले भने, ‘आर्थिक अनियमितताका धेरै केशहरू मधेसमा छन् । त्यसले गर्दा मधेसको सुशासन कमजोर देखिन्छ । स्थानीय तहमा पनि देखिन्छ । प्रदेश सरकारमा पनि देखिन्छ । त्यसो हुनाले मधेसको जनतालाई सहज ढंगले सेवा प्रवाह गर्नका लागि सुशासनको प्रत्याभूति गर्ने, वित्तीय अनुशासन कायम गर्ने कुरा हामीले उठाएका छौँ । यो मधेसले सिंगो मानव जातिको हितको निम्ति लड्यो । तरपनि मधेसमा जुन तहको स्वाभिमान कायम हुनुपर्थ्यो त्यो कायम हुन सकेको छैन । त्यस कारणले हामीले मधेसी जनताको र मधेसको स्वाभिमानलाई माथि उठाउने र मधेसको आर्थिक, सामाजिक समृद्धिको काम गर्नको निम्ति एमालेको सरकार चाहिन्छ ।’

एमाले मधेस प्रदेशको अधिवेशन जनकपुरधाममा असोज २४ र २५ गते हुने भएको छ । आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मधेस प्रदेशको पहिलो अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ ।  





  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार १९:१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया