भरतपुरमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड बजेट विनियोजन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ । चालू आर्थिक वर्षमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेर काम अघि बढाइएको हो ।

सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउन लागिएको छ । यसको तयारीका लागि सबै वडाहरूमा वृक्षारोपण गरेर हरियाली महानगर बनाइँदै छ । गत महिनाबाट हरेक महिनाको दोस्रो र चौथो शुक्रबार बिहान बृहत् सरसफाइसँगै वृक्षारोपण गर्न थालिएको छ । यसका अतिरिक्त वडा र टोलमा पनि वृक्षारोपण भइरहेको छ ।
 
महानगरपालिकाले आज बिहान नारायणगढको सहिदचोकबाट बेलचोकसम्म सरसफाइसँगै वृक्षारोपण गरेको छ । वृक्षारोपणपछि महानगर प्रमुख रेनु दाहालले हरियाली प्रर्वद्धन र सरसफाइ कार्यक्रमका लागि यस आर्थिक वर्षमा पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेर काम अघि बढाइएको बताइन् । यस अभियानलाई वडा तहदेखि टोलसम्म पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको उनले जानकारी दिइन् ।

वडा तहले १६ मिटरभन्दा साँघुरा सडकमा वृक्षारोपण गर्ने तथा सरसफाइ गर्ने छन् । सोभन्दा फराकिला सडकमा महानगरले वृक्षारोपण र सरसफाइ गर्ने गरी अभियान सञ्चालनमा ल्याइएको हो । हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न जातका बोटबिरुवा रोपिने छन् । यसको संरक्षण स्थानीय र महानगरले गर्ने गरी वृक्षारोपण गर्न लागिएको दाहालले बताइन् ।  हरियाली प्रवर्द्धनअन्तर्गत सडक मापदण्ड, यातायातको चाप र यात्रुको चापलाई मध्यनजर गरेर बिरुवाको जात छनोट गरिने छ । 





  • प्रकाशित मिति : असोज १२, २०८० शुक्रबार ११:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया