logo-img

अनमोल केसीको बयान लिइयो

आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीको बयान लिइएको छ। आइतबार अपराह्न केसीको बयान लिइएको हो । 

टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा उनको बयान भइरहेको प्रवक्ता एवं एसपी कुमोध ढुंगेलले जानकारी दिए।  

रावायण फिल्ममा खेल्न केसीले १० लाख रुपैयाँ लिएर पछि खेल्न अस्वीकार गरेको भन्दै फिल्मका निर्माताले उनीविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए।

जाहेरी दिएपछि कार्यालयको टोलीले गत शुक्रबार केसीलाई पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतमा म्याद थप गर्नुअघि प्रहरीले उनीसँग बयान लिइरहेको हो।





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १६:७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया