logo-img

म्याद थपका लागि अभिनेता अनमोल केसीलाई सरकारी वकिल कार्यालय लगियो
फाइल तस्बिर

अभिनेता अनमोल केसीलाई प्रहरीले म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगिएको छ । आपराधिक विश्वासघातको आरोपमा शुक्रबार पक्राउ परेको अभिनेता केसीलाई आइतबार सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

अभिनेता केसीले चलचित्र ‘रावायण’मा अभिनय गर्छु  भनेर १० लाख रुपैयाँ लिएर काम गर्न नमानेपछि चलचित्र निर्माता सुप्रीया कटुवालले उनीविरूद्ध उजुरी दिएकी थिइन् ।

गत भदौ ८ गते उजुरी परेपछि प्रहरीले पटक पटक बोलाउँदा पनि नआएपछि उनलाई पक्राउ गरिएको जनाइएको छ ।  





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १६:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया