logo-img

देउवालाई केसीको झटारो : भेटी चढाएको भरमा नियुक्ति गर्ने परम्परा रहेसम्म यो पार्टी बन्दैन

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीमा भेटी चढाएको भरमा नियुक्ति दिने परम्परा बढ्दै गएको आरोव लगाएका छन् । 

आइतबार १४औँ महाधिवेशनको संकल्पः उत्साह, एकता र रुपान्तरण विषयक विचार गोष्ठीमा बोल्दै केसीले त्यसको अन्त्य नभएसम्म पार्टी बन्न नसक्ने उनले बताए । 

संघीय र प्रदेशसभाका सांसदहरूको संख्या पनि घटाउनुपर्नेमा जोड दिँदै उनले आमकार्यकर्ताले सभापति चुन्ने पद्धतिमा जानुपर्ने बताए । 



उनले भने, ‘हामीकहाँ यत्रो प्रदेशसभा र संघीय संसद संख्या छ, आधा–आधा घटाऔँ, सभापति पद्धतिमा जाने भए जाऊँ । आमकार्यकर्ताले सभापति चुन्नुपर्छ ।

उनले भने, ‘संविधानमा पनि ठुलो परिवर्तनको आवश्यकता रहेको छ। जबसम्म संविधानमा समानुपतिक भन्ने आफ्ना परिक्रमा गरेर वरपर दौडिने र भेटी चढाएको भरमा नियुक्ति गर्ने प्रथा हुन्छ त्यति बेलासम्म कांग्रेस बन्दैन। या समानुपातिकलाई निर्वाचन प्रणालीमा लैजाऔ या त राष्ट्रियसभामा लैजाऔं ।’

उनले रुपान्तरण अभियानले जोड्ने काम गरौँ, तोड्ने हैन भन्ने सन्देश सबैलाई दिन आवश्यक रहेको बताए । अहिले कांग्रेसलाई भ्रष्टाचारहरुको संरक्षक भएको आरोप लागिरहेकोले त्यसलाई चिर्न आवश्यक रहेको उनले बताए ।   
 





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १७:१९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया