शक्ति राष्ट्रका अगाडि साना राष्ट्रले अस्तित्व जोगाउन निकै कठिन : प्रदीप ज्ञवाली

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महात्मा गान्धीलाई मानवताको उच्च धरोहरका रुपमा चित्रित गर्दै साना राष्ट्रले आफ्नो अस्तित्व र राजनीतिक स्वायत्तता जोगाउन कठिन परेको परिवेशमा गान्धीको राष्ट्रिय मुक्ति आन्दोलन र स्वाधीनता आन्दोलनको सान्दर्भिकता अझै रहेको बताएका छन् । 

महेन्द्र निधि स्मृति प्रतिष्ठानले १५४औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस पारेर आयोजना गरेको कार्यक्रमा ज्ञवालीले गान्धीको राष्ट्रिय मुक्ति आन्दोलन र स्वाधीनता आन्दोलनको सान्दर्भिकता साना राष्ट्रहरुमा अझै उत्तिकै रहेको बताएका हुन् । 

उनले भने, ‘अहिले संसारमा उपनिवेश छैन तर पनि साना देशहरुमाथि अहिले पनि आत्मनिर्णयको अधिकार प्रयोग गर्न खोज्दा, विकासको आफ्नै मोडेल लिन खोज्दा अवस्था सहज छैन । शक्ति राष्ट्रका स्वार्थका अगाडि साना राष्ट्रहरुले आफ्नो अस्तित्व र खासगरी राजनीतिक स्वायत्तता जोगाउन निकै कठिन परिरहेको परिवेशमा गान्धीको त्यो राष्ट्र मुक्ति आन्दोलन, स्वाधीनता आन्दोलनको सान्दर्भिकता आज त्यस रुपमा पनि छ भन्ने म ठान्दछु ।’

उनले धर्म, जाति, भूगोललगायत आधारमा गरिने विभेदले विनाश निम्त्याउने भन्दै नेपाली समाजमा कुनै पनि खालको अतिवादलाई टाउको उठाउन दिन नहुने धारणा राखे ।
 





  • प्रकाशित मिति : असोज १५, २०८० साेमबार १९:३५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया