logo-img

इन्जिनियरिङ अध्ययन संस्थान विद्यार्थीलाई जिम्मा लगाउने निर्णयप्रति जीपी मैनालीको आपत्ति

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इन्जिनियरिङ अध्ययन संस्थान विद्यार्थीलाई जिम्मा लगाउने विभागीय प्रमुखहरूको कदमप्रति अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले आपत्ति जनाएका छन ।

मंगलबार पुल्चोक क्याम्पसका ६  जना विभागीय प्रमुखले विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरूलाई क्याम्पस सञ्चालन गर्न दिने निर्णयको उपाध्यक्ष मैनालीले प्रतिवाद गरेका हुन् । उनले प्राध्यापकहरूको हैसियत र सोचमाथि पनि प्रश्न उठाएका छन् ।

मैनालीले पुल्चोक  मुख्यालयका ठूला ठूला कुर्सीमा बस्ने प्राध्यापकहरूलाई लाज ढाक्न आग्रह समेत गरेका छन । उनले प्रतिष्ठित अध्ययन संस्थान नै बदनाम हुने खालका क्रियाकलाप नगर्न आग्रह गरेका छन् ।

‘गैर जिम्मेवारीपनले हद पार गर्न लागेन र ?,’ मैनालीले प्रश्न गरेका छन् । शुल्क वृद्धिसँग सम्बन्धी विवादमा अल्झिएको आइओईले समयमा प्रवेश परीक्षा सञ्चालन गर्न नसक्दा करिब १५ हजारभन्दा बढी विद्यार्थी मर्कामा परेको उनको भनाइ छ । 

विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू यस्तै हबिगत र मुलुकमा शैक्षिक वातावरण नभएका कारण विद्यार्थी विदेशी विश्वविद्यालयमा जान बाध्य भएको मैनालीको बुझाइ छ । 





  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार १०:३०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया