logo-img

सुपारी निर्यात सहजीकरणका लागि भारत सरकारसँग पहल गर्छौँ : मन्त्री रिजाल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपालको सुपारी  निर्यातका लागि सहजीकरण गर्न भारत सरकारसँग पहल गर्ने बताएका छन् । भारत सरकारलाई पत्र लेखेर सहजीकरण गर्ने विषयमा सरकारले पहल गर्ने उनले बताएका हुन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सुपारी व्यवसायीहरूसँग छलफल गरेर यसबारे सरकारले निर्णय लिने भन्दै उनले निर्यातका लागि भारत सरकारलाई पत्र लेखेर सहजीकरण गर्ने जनाए ।

उनले भने, ‘भारत भन्सारबाट बारम्बार समस्या आइरहेको छ । उहाँहरूको भनेको नेपालको बिग्रेको सुपारीको बजार हो । नेपालका गुट्का उद्योगहरूले १० देखि ३५ रुपैयाँमा बिहारमा सप्लाई गर्छन् । नेपालमा उत्पादित सुपारी गुणस्तरीय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न सक्दैनन् । स्थानीय सुपारीको बजार नेपाल बजार होइन जस्तो बुझेको छु । भारत निर्यातका लागि भारत सरकारसँग सहजीकरणका लागि पत्र लेख्न पनि तयार छौँ ।’

उनले नेपाल सुपारी खेती विकास संस्थालाई ‘ओरिजिन सर्टिफिकेट’ बनाउन उद्योग वाणिज्य महासंघले नगरी अरूलाई भारतले नचिन्ने बताए । नेपालमा उत्पादित सुपारी गुणस्तरीय रहेकाले नेपालमा भन्दा पनि सुपारीको बजार भारत नै भएको उनको भनाई छ ।

उनले भने, ‘नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिन सर्टिफिकेट बनाउन उद्योग वाणिज्य महासंघले नगरी अरूलाई भारतले चिन्दैन । नेपालमा उत्पादित सुपारी गुणस्तरीय छ । त्यसको बजार भनेको भारत नै हो ।’





  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार १७:२८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया