logo-img

यही चाला हो भने १० वर्षमा देश रित्तै हुन्छ : चित्रबहादुर केसी
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १०–२० वर्षमा मुलुक रित्तिने अवस्था आएको  बताएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नयाँ पिँढी के कारणले मुलुकमा बस्न चाहेका छैनन् भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने बताउँदै ‘यही रूपले जनता भाग्ने हो भने मुलुक १०–२० वर्षपछि मुलुक रित्तै हुन्छ,’ भने । 

‘सबै बेरोजगार भएर, काम नभएका मान्छे मात्र विदेश गएका होइनन्, नेपालमा यस्तो रोग लाग्यो कि मन्त्रीका छोरा, सांसदका छोरा, साहु महाजनका छोरा, धनी मानीका छोरा सबैको एउटै उद्देश्य के छ भन्दा नेपालमा केही हुन्न,’ उनले भने, ‘त्यस कारण जाने गन्तव्य अमेरिका, युरोप, अस्ट्रेलिया, त्यो गर्न नसक्ने कमसेकम जापान । सुनियोजित किसिमले मुलुक रित्याउने जुन स्थिति भएको छ । यो एजेन्डामा हामीले संसदमा छलफल गर्नुपर्छ ।’

उनले नेपालमा राम्रो शिक्षा र काम नपाएर नभई धेरैलाई विदेश जानुपर्ने रोग लागेको टिप्पणी गरे ।गोहीको आँसु बगाएर मात्र केही नहुने बताएका उनले यस्तै अवस्था हो भने मुलुक रित्तो हुँदै जाने अवस्था आउने बताए । 







  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार १६:१६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया