logo-img

प्रेम सुवालकाे प्रश्न : अपराध र भ्रष्टाचारमा नेताकार्यकर्ता जोडिनुले नाइके नै खोटो भएको पुष्टि भएन ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेमकिपा सांसद प्रेम सुवालले विधि, नियम मिच्ने काममा सत्तारुढ तलका नेता कार्यकर्ताकै नाम आउनुले ‘नाइके नै खोटो’ भएको पुष्टि हुने बताएका छन् ।

ठूला भ्रष्टाचारका काण्ड, विधि, नियम र संविधान मिचेर गरिएका आपराधिक र भ्रष्टाचारजन्य कार्यमा सत्तारुढ दलका नेता र कार्यकर्ताको नाम अगाडि आउनुले नाइके नै खोटो भएको पुष्टि भएको उनले बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले ललिता निवास, नक्कली भूटानी शरणार्थी प्रकरण, ६० किलो सुन तस्करी काण्डलगायत विविध सार्वजनिक क्षेत्रका व्याप्त काण्डमा चर्चित नेता, कार्यकर्ता, सहसचिवदेखि बहालवाला सचिवसम्म पक्राउ परेको दृष्टान्त प्रस्तुत गर्दैै नेतृत्व नै खोटो भएको पुष्टि भएको बताए । 

उनले भने, ‘पशुपतिको जलहरीमा भ्रष्टाचार, नक्कली भूटानी प्रकरण, सहकारीको ठगी, गिरीबन्धु चिया स्टेटको घोटाला, सुन तस्करीका अपराधीलगायत अन्य अपराधमा लागेकालाई राष्ट्रपतिबाट आममाफी हुनुलगायत विविध काण्डमा शासक दलका नेता र कार्यकर्ताको नाम आउनुले नाइके खोटो भए जमात खोटो हुने पुष्टि भएको होइन र ?’

समसामयिक विषयप्रति सरकारको ध्यानाकर्षण गराएका सांसद सुवालले विश्वविद्यालय शिक्षा निःशुल्क गराउनुपर्ने धारणा राखे । उनले खुला सीमा नियमन गर्नुपर्ने, बझाङ भूकम्प पीडितको पुनस्र्थापना, राहत र उपचारबारे भएका कामको विवरण सरकारले संसदमा जानकारी गराउनुपर्ने लगायत विषय सदनमा उठाए । 
 





  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार १६:२३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया