logo-img

धार्मिक द्वन्द्वको प्रयास समयमै नियन्त्रण गर्नु आवश्यक छ : अर्जुननरसिंह केसी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा बढ्दै गएको अराजकतालाई समयमा नै नियन्त्रण गर्नु जरुरी रहेको बताएका छन् । 

स्थानीय सरकार अपेक्षा र अवस्था विषयका पुस्तक विमोचन कार्यक्रममा उनले सर्व धर्ममा विश्वास गर्ने नेपालमा धार्मिक द्वन्द्वको प्रयास भएको भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताए । अहिले राष्ट्रिय आवश्यकता अराजकता नियन्त्रण नै भएको बताएका छन् ।

उनले भने, ‘सामाजिक ऐन कानुनले रोकेका कुराहरू मैले आए भनेर प्रचार गर्नुपर्ने आवश्यकता छैन । त्यहीबाट द्वन्द्व सुरु भयो, एउटा धर्मवालाहरूले अर्को धर्मको पुस्तक जलाएर देखाउँछ ।त्यो बेला सरकार के हेरेर बसेको थियो । हामी सर्वधर्ममा विश्वास गर्छौ, सबै धर्ममा विश्वास गर्छौ । यो जुन खालको अराजकतालाई समयमा नै नियन्त्रण नगर्ने काम अहिले राष्ट्रिय परिस्थिति देखिएको छ । यसले अर्को खालको अराजक अवस्थासिर्जना भएको छ । त्यतातर्फ ध्यान जानुपर्छ ।’

उनले निर्वाचित जन प्रतिनिधिहरूले जनतामा भएको असन्तुष्टिको कारकतत्व पत्ता लगाएर त्यसको समाधान खोज्न आवश्यक भएको बताए । उनले भने, ‘निर्वाचित जन प्रतिनिधिहरूले जनतामा भएको असन्तुष्टिको कारक तत्त्व के हो । त्यसलाई हाम्रो आफ्नो क्षमताले कति सम्म निराकरण गर्न सक्छौ, राज्यले के गर्न सक्छ त्यो तर्फ गम्भीर हुन सकिएन भने आउने दिन चुनौतीपूर्ण र अप्ठ्यारो छ । यसलाई समयमा नै सबै राजनीतिक दलहरुले पूर्वाग्रह भन्दा माथिउठेर कारबाही गर्ने कुरामा दृढतापूर्वक लाग्न राष्ट्रिय आवश्यकता छ ।’





  • प्रकाशित मिति : असोज २०, २०८० शनिबार १४:३५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया