logo-img

इजरायलस्थित नेपाली राजदूतावासले भन्यो : आफ्नो सुरक्षाको ख्याल राख्नू, सुरक्षानिकायको निर्देशन पालना गर्नू

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इजरायलस्थित नेपाली राजदूतावासले इजरायलको गाजापट्टीलगायत क्षेत्रमा हाल द्वन्द्व चलिरहेको भन्दै आफ्नो सुरक्षाको ख्याल राख्न त्यहाँका नेपाली समुदायमा आग्रह गरेको छ ।

दूतावासले शनिबार अपिल गर्दै भनेको छ– अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ ।’ 

अप्ठ्यारो परेका नेपाली नागरिकको सहयोग र उद्धारका लागि दूतावासले इजरायलका अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाइएको छ ।

अपिलमा भनिएको छ,‘अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौँ । तर, पनि यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरूमा सेयर गरेर अरूलाई त्रसित र प्यानिक नगराउनुहोला ।’ 

इजरायलमा रहेका नेपालीका लागि दूतावासले सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ । दूतावासका प्रथम सचिव अर्जुन घिमिरेलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४–५५८२०७७ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्यालेस्टाइनको सुन्नी–इस्लामिक कट्टरपन्थी संगठन हमासले शनिबार मध्य र दक्षिण इजरायलमा गरेको रकेट आक्रमणका क्रममा अहिलेसम्म ४० को मृत्यु भएको, हजारौँ घाइते भएका छन् । 





  • प्रकाशित मिति : असोज २०, २०८० शनिबार २०:४१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया