logo-img

प्रदेशबाट आएर भैंसेपाटीमा बास बस्नुपर्ने कठैबरा मुख्यमन्त्रीहरू !

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेजी गर्नुपर्ने माग दोहोर्‍याएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले महँगो संघीयतालाई नेपालले धान्न नसक्ने स्पष्ट भएको उल्लेख गर्दै अब संघीयताको मुरली बजाउन छाड्नुपर्ने तर्क गरे । 

उनले भने, ‘एउटा प्रदेशको ६ वर्षसम्म न्वारन हुन्न, त्यसपछि बल्ल न्वारन हुन्छ । बाहुनहरूले नाम किटानी गरिसकेपछि त्यो नाम भएन भनेर फेरी त्यहाँ उत्पात मच्चिन्छ । कति चोटी त्यहाँ सरकार बने, कति भत्किरहेछन् । यो जात्रा देख्न र सुन्न नेपाली जनताले परेको छ । तैपनि मान्यहरूले संघीयताको मुरली बजाइरहन्छन् । संघीयताले गरेर खाएन अब ।’  

उनले संघीयतामा अनावश्यक खर्च भएकोप्रति व्यङ्ग्य गर्दै थपे, ‘देख्नुभएन, मुख्य मन्त्रीहरुलाई काठमाडौं भैंसेपाटीमा दरबार बनाउने हो ? उहाँहरू प्रदेशबाट यहाँ बास बस्न पर्ने कठैबरा  ! अवस्था यही हो अब चल्छ संघीयता ? सक्नुहुन्छ तपाइँहरूले धान्न ? लाज नमानिकन प्रजातान्त्रिक विकेन्द्रीकरण गरौँ । नगर र गाउँपालिकालाई अधिकार दिऔँ । हामीले जति घोक्रो फुलायपनि नेपाली जनतालाई संघीयता मान्य छैन भनेर कोशीमै देखाइराखेका छौँ ।’ 





  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार १५:२४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया