सरकारलाई दलहरूको सुझाब : संकटमा रहेका नेपालीको उद्धारमा प्रभावकारी भूमिका खेलोस्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इजरायलमा जारी युद्धका कारण समस्यामा परेका नेपालीबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा इजरायलमा संकटमा रहेका नेपालीको उद्धारका विषयमा छलफल भएको छ । 

बैठकपछि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले सन्तुलित र समन्वयकारी भूमिका खेल्न नसकेको बताए । उनले बंकरमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न आग्रह गरे ।

‘सरकारले के गर्दैै छ भन्ने भनेर उहाँले सबै दललाई जानकारी दिनुभयो । सरकारले अत्यन्तै सन्तुलित ढंगले प्रस्तुत हुनुपर्छ भन्ने कुरा राख्यौँ ।’

त्यस्तै, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘राष्ट्रिय पीडाको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो ।’

उनले भने, ‘मूलतः बंकरमा रहेकाहरुलाई उद्धार गर्ने र मृत्यु भएकाको शव यथाशीघ्र चाँडो झिकाएर परिवारलाई पुर्याउने विषयमा छलफल भयो । नेपालीहरु यदि देशभित्र फर्किन चाहन्छन् भने फर्काउने र त्यहीँ बस्न चाहनेलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्नेमा जोड दिइयो ।’

त्यस्तै, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले इजरायलमा संकटमा रहेका नेपालीहरुको उद्धारबारे छलफल भएको भन्दै यस्ता घटनामा सबै पार्टी एकै ठाउँमा उभिने विषयवस्तु आएको बताए । 



उनले भने, ‘सरकारले जुन पहलकदमी लिएको छ, यो ठिकै छ । यसलाई कार्यान्वयनमा लैजान लागोस् । साथसाथै आधिकारिक रुपमा जनतालाई आधिकारिक ठाउँबाट सही सूचना संप्रेषण गर्ने कुरा सरकारले गरोस् भन्ने सुझाब आएको छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकारको इजरायलमा १० जना नेपालीको ज्यान गएको प्रसंग र त्यसपछिको अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका थिए । 



  • प्रकाशित मिति : असोज २२, २०८० साेमबार २१:५१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया