logo-img

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरि अर्याल निर्वाचित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बुटवल उद्योग वाणिज्य संघमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा प्रत्यासी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले हराउँदै अर्याल निर्वाचित भएका हुन् । 

बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भए । निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा थिए । त्यसमा अर्याल प्यानल विजयी भएको छ ।

उपाध्यक्षमा सुरज भट्टराई विजयी भए । महासचिवमा मुक्ति अधिकारी विजयी भएका छन् । कोषाध्यक्षमा वसन्तप्रसाद ढकाल विजयी भए । 

सचिवमा भेषराज गैरे र सहकोषाध्यक्ष धनकुमारी खनाल निर्वाचित भएकी छन् । संघमा कुल एक हजार ७ सय ७८ जना उद्योगी व्यवसायी मतदाता छन् ।  





  • प्रकाशित मिति : असोज २३, २०८० मंगलबार ८:५५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया