काभा भलिबल : दोस्रो जितको खोजीमा नेपाल, आज श्रीलंकासँग भिड्दै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले आज आयोजक श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल अपरान्ह सवा ४ बजे सुरु हुनेछ ।  

नेपाल प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा बंगलादेशलाई हराउँदै विजयी सुरुवात गरेको थियो ।  

बंगलादेशमाथि ५ वर्षपछि जित निकाल्ने क्रममा नेपालले २५-२०, १९-२५, २५-२३, २५-२१ को सेटमा जित निकालेको थियो ।  

नेपालले प्रतियोगिताको तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग खेल्ने तालिका छ । 
 





  • प्रकाशित मिति : असोज २३, २०८० मंगलबार ९:४६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया