पुराना पार्टीको विकल्प नयाँ पार्टी बन्न सक्दैनन् : सिपी गजुरेल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

क्रान्तिकारी कम्युनिस्ट माओवादीका नेता सिपी गजुरेलले पुराना पार्टीहरूको विकल्प नयाँ पार्टी बन्न नसक्ने तर्क गरेका छन् । बुधबार काठमाडौंमा क्रान्तिकारी कम्युनिस्ट माओवादीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले जनताले पुरानो पार्टीको विकल्प खोजिरहेको अवस्थामा नयाँ पार्टी आए पनि चुनाव पछि पुरानो पार्टी जस्तै भएको तर्क गरे ।  

उनले भने,‘आम जनताले पुराना राजनीतिक पार्टीहरूसँग वाक्क भइसके पार्टीहरूसँग जनताको विश्वास सकियो पुरानो व्यवस्थाप्रति पनि वितृष्णा भइसक्यो।  जनताले विकल्प खोजिरहेको छन् । तर कसैले दिन सकेको छैनन् । विकल्प खोज्दै जाँदा नयाँ पार्टीलाई भोट दिन्छन् तर त्यो पनि उस्तै चुनाव सक्किन पाएको छैन पुरानै पार्टी जस्तो भइसके । न नयाँ पार्टीले विकल्पको काम गर्छ । न अरूले सकेको छ ।’

उनले निर्वाचनबाट सरकार छान्ने व्यवस्थालाई हटाएर राष्ट्रिय राजनीतिक सम्मेलनले सरकारको निर्णय गर्ने व्यवस्था जरुरी रहेको बताए ।  उनले भने,‘निर्वाचनबाट अब यो सरकार हुँदैन । निर्वाचनबाट भएको चाहे केन्द्रको संसदमा होस या प्रदेशमा होस् त्यहाँको बहुमतले निर्णय गर्दैन । राष्ट्रिय राजनीतिक सम्मेलनले निर्णय गर्छ । राजनीति राष्ट्रिय सम्मेलन बन्छ र यो व्यवस्थालाई खारेज गर्छ ।’





  • प्रकाशित मिति : असोज २४, २०८० बुधबार १५:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया