बिपी प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले किन दिए सामूहिक राजीनामा ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । बढुवा रोकिएको भन्दै उनीहरूले बुधबार राजीनामा दिएका हुन् । 

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर उनीहरूले सामूहिक राजीनामापत्र बुझाएका हुन् । ननमेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको करिब सात वर्षदेखि बढुवा रोकिएको छ । 

आन्दोलनरत चिकित्सकहरुले चिकित्सकहरुले स्वास्थ्यमन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासोसहित मंगलबार ज्ञापनपत्र बुझाएका थिए ।

उनीहरुले विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई वर्षयतामात्र ५० भन्दा बढी दक्ष चिकित्सकहरुले प्रतिष्ठान छाडेको,  चिकित्सक अभाव भएर प्रतिष्ठानको पठानपाठनमा असर परेको जानकारी मन्त्री बस्नेतलाई गराएका थिए । 

प्रतिष्ठानमा चिकित्सकको धेरै दरबन्दी खाली भएर पनि मन्त्री बस्नेतले चासो नदिएको भन्दै उनीहरूले राजीनामा गरेका हुन् । चिकित्सकको ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र प्रतिष्ठानका पदाधिकारीलाई निकास निकाल्न निर्देशन दिएका थिए । 





  • प्रकाशित मिति : असोज २४, २०८० बुधबार २०:५०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया