इजरायलबाट स्वदेश आइपुगिन् सावित्रा भण्डारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी इजरायलबाट स्वदेश फर्किएकी छन् । प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायलमा सबै फुटबल गतिविधि स्थगित भएपछि उनी स्वदेश फर्किएकी हुन् । 

इजरायलबाट मंगलबार राति उडेकी सावित्रा थाइल्याण्डको बैंकक हुँदै स्वदेश आइपुगेकी हुन् । उनी रहने क्षेत्र रानानामा तुलानात्मकरूपमा शान्त भए पनि फुटबलका सबै गतिविधि स्थगित भएका छन् ।

सावित्रा वुमन्स लिग क्लब हापोयल रानानामा आवद्ध छिन् । चीनमा भएको १९ औँ एसियाली खेलकुद एसियाडमा भाग लिएर स्वदेश फर्केलगत्तै उनी इजरायल गएकी थिइन् । 





  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार ६:५७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया