logo-img

लाइसेन्स नवीकरण, वर्ग थप र राजश्व भुक्तानीको अनलाइन सेवालाई दिगो बनाउन मन्त्री ज्वालाको निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कुनै पनि काम सुरु गर्दा पछिसम्म हुने दिगो हुने गरी गर्नु पर्ने बताएका छन् । 

बिहीबार सवारी चालक अनुमति पत्रको अनलाइन राजश्व भुक्तानीसहितको अनलाइन सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले अनलाइन सेवालाई भर पर्दो र विश्वसनीय बनाउनु पर्ने बताए । 

उनले भने, ‘यो अनलाइन सेवालाई भरपर्दो र विश्वसनीय बनाउनु पर्ने छ । उद्घाटन गर्नु मात्र सबै कुरा होइन । भोलि सिस्टमलाई अपग्रेड गर्न सकेनौँ भने, सेवा दिन सकेनौँ भने हाम्रो काम प्रतिको विश्वास घट्दै जान्छ ।’

उनले यातायात व्यवस्था कार्यालय बागमती प्रदेशको एकान्त कुनाबाट सवारी चालक अनुमति पत्र नवीकरण, वर्ग थप र राजश्व भुक्तानीको अनलाइन सेवालाई दिगो बनाउनु पर्ने बताए । 

आगामी दिनमा यो सेवामा देखा परेका समस्यालाई सुल्झाउँदै भर पर्दो बनाउने उनको भनाई छ ।





  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार ११:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया