बिपी प्रतिष्ठानका १४० चिकित्सकले दिए सामूहिक राजीनामा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आफ्ना मागप्रति सरकार अनुदार रहेको भन्दै सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लामो समयदेखि रोकिएको वृत्ति विकासको माग गर्दै चिकित्सकहरू आन्दोलित हुँदै आएका छन् । सम्बन्धित निकायले मागको सुनुवाइ नगरेको भन्दै उनीहरू सरकारको ध्यानाकर्षण गराउन संघीय राजधानी काठमाडौंसमेत गएका थिए ।

प्रतिष्ठानका पदाधिकारीबाट मागको सुनुवाइ नभएपछि आन्दोलनरत १७७ जना चिकित्सकहरू स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेट्न काठमाडौं गएका थिए ।

काठमाडौं गएका १७७ जनामध्ये मन्त्री बस्नेत आफूहरूको मागप्रति अनुदार रहेको भन्दै असन्तुष्ट बनेका १४० जनाले सामूहिक राजीनामा दिएका हुन् ।

७ वर्षदेखि आफूहरूको बढुवा रोकिएको भन्दै चिकित्सकहरू आन्दोलित बनेका थिए । मागमा सुनुवाइ नभएपछि मन्त्री बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामा पत्र बुझाएको प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए ।

आफ्ना माग सुनुवाइ गराउन चिकित्सकहरूले केही समययता दबाबमूलक आन्दोलन गर्दै आएका थिए ।





  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार १२:१३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया