सरकारलाई  सांसद थापाको प्रश्न : भारतीय प्रधानमन्त्री मोदी नेपाल आएको हो कि होइन ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेका सांसद सूर्य थापाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा प्रवेश गरेको विषय सदनलाई जानकारी गराउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले भारतका प्रधानमन्त्री मोदी सुदूरपश्चिम नेपालको सीमावर्ती क्षेत्र अन्र्तगत पर्ने कालापानी, लिपुलेक र लिम्पयाधुराअन्तर्गत पर्ने नेपाली भूमिमा भ्रमण गर्न आएको भन्ने कुरा आएको भन्दै सत्य कुरा सदनलाई जानकारी गराउन माग गरेका हुन् । 

उनले भने,‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सुदूरपश्चिम नेपालको सीमावर्ती क्षेत्रअन्तर्गत पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुराअन्तर्गत पर्ने नेपाली भूमिमा भ्रमण गर्न आएको भन्ने कुरा सत्य हो कि होइन ? यो सदनले त्यसबारेमा जानकारी चाहन्छ । म रुलिङको माग गर्दछु ।’

उनले शासकहरू यस्तो अवस्थामा मौन हुने विगतकै रोग भएको भन्दै  सरकारको तर्फबाट सदन बेखबर बन्न नमिल्ने बताए । 
उनले भने,‘नेपाल सरकार किन बेखबर छ । शासकहरू यस्तो अवस्थामा मौन हुने विगतकै रोग हो । यस्तै कि रबैया अपनाएको हो कि के हो ? सरकारको तर्फबाट यो सदन बेखबर बन्न मिल्दैन ।’





  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार १५:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया