logo-img

राप्रपाको केन्द्रीय पदाधिकारी बैठक जारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ ।

कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको भावी रणनीति तय गर्न बैठक केहीबेरअघि केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ ।

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार आजको बैठकले मुलुकको समसामयिक परिस्थतिको समीक्षा गर्ने, पार्टीका भूगोल केन्द्रित कार्यक्रमहरूको समीक्षा गर्ने र कोशी प्रदेशमा सरकार निर्माणको सन्दर्भमा पार्टीको रणनीति तय गर्ने र आवश्यक निर्णय लिने छ । 





  • प्रकाशित मिति : असोज २६, २०८० शुक्रबार ११:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया