मानव अधिकार आयोगमा दर्ता भएका ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय मानव अधिकार आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएको छ ।

शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएका हुन् ।

उनले अहिलेसम्म कुल उजुरी १३ हजार २८६ आयोगमा परेको पनि बताए । उनले आयोगले सिफारिस गरेको १४ सय ३३ मध्ये पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताए ।

मगरले सिफारिस पूर्णरूपमा कार्यान्वयन भएका १५.३० प्रतिशत रहेको बताए । उनले आंशिक रुपमा लागू भएका ३९.२ प्रतिशत र लागू नभएको ४५.५ प्रतिशत रहेको रहेको बताए ।  

‘कुल हामीले सिफारिस गरेको १४ सय ३३ अन्तिम राहत, पीडितलाई क्षतिपूर्ति, विभागीय कारबाही, कारबाही प्रक्रिया, दोषीलाई सजाय आदिमा हामीले १४ सय १३ वटा सिफारिस गरेका छौँ । हाम्रो सिफारिस पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन पूर्णरूपमा लागू भएका सिफारिस पूर्णरूपमा कार्यान्वयन भएका १५.३० प्रतिशत छ । आंशिकरूपमा लागू भएका ३९.२ प्रतिशत छ, लागू नभएको ४५.५ प्रतिशत रहेको छ,’ उनले भने, ‘हामी आयोगमा जोडिएपछि ९२९ थान निवेदन फस्र्यौट भएका छन् । त्यसमध्ये आयोगले हामी आएपछि २१८ सिफारिस गरेको छ । मुद्दा समाधान हुन बाँकी ४ हजार १५० थान बाँकी छन्, त्यसमध्ये छानबिन भइ निर्णय हुन बाँकी १४ सय ६२ छन् । त्यसमा निर्णयमा पुग्न बाँकी छ । २६ सय ८८ निवेदन अनुसन्धानका क्रममा छन् ।’ 

अध्यक्ष मगरले आफूहरू आयोगमा आएदेखि २१८ वटा सिफारिस गरेको, मुद्दा समाधान हुन बाँकी ४ हजार १५० थान र छानबिन भइ निर्णय हुन बाँकी १४ सय ६२ रहेको बताए । 





  • प्रकाशित मिति : असोज २६, २०८० शुक्रबार १६:४७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया