मन्त्री बस्नेत भन्छन्- स्वास्थ्यका कर्मचारी काज फिर्ता गर्दा धेरै नेता रिसाए
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरूको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरू आफूसँग रिसाएको बताएका छन् । 

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केही कर्मचारी मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म बिरामी भएको भेटिएको भन्दै माथिल्लो पहुँचकै आधारमा काजमा बसेकाहरूको काज फिर्ता गराउन सफल भएको बताएका हुन् । उनले आफूसँग रिसाएका नेताहरू दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पुगेपछि खुसी भएको बताए । 

मन्त्री बस्नेतले देशभरी स्वास्थ्यका भवन शिलान्यास भए पनि एउटा पनि उद्‍घाटन नभएको बताए । स्वास्थ्यका भवन बनेको ठाउँमा उपकरण र दक्ष जनशक्ति नै नभएको उनको भनाइ छ । मन्त्री बस्नेतले स्वास्थ्यमा कर्मचारीको निकै अभाव भएको भन्दै स्थायी दरबन्दी अगाडि बढाउने सिलसिलामा तत्काललाई करारमा भए पनि लिएर प्रक्रिया अघि बढाउने पनि बताए । 

उनले स्वास्थ्य मन्त्रालय लामो समयदेखि क्रोनिकका रूपमा रहेको मन्त्रालय रहेको भन्दै यसलाई चिरफार गरेर मात्र नहुने भन्दै ठूलै अप्रेशन गर्नुपर्ने बताए ।  





  • प्रकाशित मिति : असोज २६, २०८० शुक्रबार १८:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया