logo-img

राष्ट्रिय सहमतिको सरकार गठनमा जनार्दन शर्माको जोड

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार गठन गर्न आवश्यक रहेको बताएका छन् । 

काभ्रेको धुलिखेलमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै माओवादी बाग्मती इन्चार्जसमेत रहेका शर्माले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिएका हुन् । 

अहिलेको निर्वाचन प्रणाली एवं राजनीतिक कोर्सभित्रबाट कुनै पनि पार्टीको एकल बहुमतको सम्भावना नरहेकाले राष्ट्रिय सहमति दलहरूका लागि आवश्यकता बन्दै गएको उनले बताए । अस्थिरता देश विकासको प्रमुख बाधक रहेको उनको भनाइ छ । 

कोशी प्रदेशमा देखिएको अस्थिरताको परिदृष्यले मुलुकलाई सही बाटोमा नलैजाने भन्दै उनले राष्ट्रिय सहमतिमा जोठ दिएका हुन् ।

संघीयता, समावेशिता र गणतन्त्रका कमजोरीलाई सुधार गर्नुको साटो भित्रभित्रै त्यस्ता महत्त्वपूर्ण अधिकारलाई अर्थहीन बनाउने गरी बहस सुरु गर्न खोजिएको उनले बताए । 

प्रदेश र स्थानीय तहलाई आवश्यक ऐन, कानुन र पर्याप्त अधिकार नदिएको भन्दै शर्माले असन्तुष्टि पोखे । 





  • प्रकाशित मिति : असोज २८, २०८० आइतबार २१:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया