logo-img

एनआरएनए अधिवेशन आजदेखि, अध्यक्षमा चार जनाको उम्मेदवारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

मंगलबार बिहान काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले ९ बजेपछि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

नयाँ नेतृत्वको लागि चार जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि वर्तमान अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्षद्वय राजेन्द्र कुमार (आरके) र महेश श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।   



आजदेखि हुने सम्मेलन ३ कत्तिकसम्म चल्नेछ । नयाँ नेतृत्व चयनको लागि २ कात्तिकमा  २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ । एनआरएनएले यो पहिलोपटक अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था गरेको हो । 
 





  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार ८:५०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया