जनताको विश्वासमाथि कुठाराघात हुँदा माओवादीप्रति अविश्वास पैदा भयो : जनार्दन शर्मा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वअर्थमन्त्री जनार्दन शर्माले जनताको विश्वासमाथि कुठाराघात हुँदा माओवादी पार्टीप्रति अविश्वास पैदा भएको स्वीकार गरेका छन् । 

काठमाडौंमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा पूर्व मन्त्री शर्माले माओवादी केन्द्र जन अपेक्षा सम्बोधनमा चुकेको स्वीकार गरे ।

उनले भने ‘हिजो विश्वास गरे जनताले माओवादीले बुझ्यो जनताले त हामीलाई विश्वास गरेका छन् तर जन अपेक्षालाई बुझ्न हाम्रो कमी रह्यो । त्यही जन अपेक्षालाई बुझ्न कमी रहेको कारणले जनता हामीसँग असन्तुष्ट भएका हुन् । जनताले हामीबाट जुन आशा, विश्वास गरेको थियो त्यो पूरा नहुँदा अविश्वास पैदा भएको छ  र त्यसलाई अबको अभियानमा विश्वासमा बदल्ने छौँ ।’
 
त्यस्तै उनले संविधानमाथि उठको प्रश्नहरूको सम्बोधन हुनु पर्ने बताएका उनले प्रदेशलाई काम गर्न नदिइएको ठोकुवा गरे । ‘आज संविधानको सन्दर्भमा संघीयताको प्रश्न उठेको छ । हामीले अहिले ल्याएको व्यवस्था विरोधीहरूलाई पनि कुनै टाउकाको मूल्य नतोक्ने यस्तो व्यवस्था ल्याएका छौँ । तर संविधानमा नै कुरा उठेपछि सरकारले छलफल गर्न आवश्यक छ,’ उनले भने ‘प्रदेशले काम गर्न सकेन भन्ने प्रश्न उठेको छ । प्रदेशले काम गर्न नसकेको होइन प्रदेशलाई काम गर्न दिइएको छैन । प्रदेशलाई दिनुपर्ने जनशक्ति दिएको छैन अधिकार दिएको छैन । सुरक्षा निकायहरू दिएको छैन । अनि कसरी प्रदेशले काम गर्छ त?’

प्रचुर सम्भावना भएर पनि नेपाल गरिबीबाट माथि उठ्न नसकेको भन्दै उनले नेपालको स्रोत साधनलाई व्यवस्थित गर्न आवश्यक भएको बताए । 

उनले भने, ‘हाम्रा श्रोत साधनहरू प्रचुर छन् । हामी गरिब छैनौँ । हामी सम्पन्न छौँ । हामीसँग भएका श्रोत र साधनलाई व्यवस्थित गरेर परिचालन गरियो भने हामीसँग भएको युवा जनशक्ति छन् त्यसलाई  श्रोत र साधनलाई व्यवस्थित गरेर परिचालन गर्ने कुरामा जोड्यौँ भने र हामीसँग भएको पुँजी केन्द्रित गरेर परिचालन गयौँ भने र आज विकसित भएको प्रविधिलाई समेत जोड्न सक्यौँ भने राष्ट्र समृद्ध हुन्छ ।’ 





  • प्रकाशित मिति : कात्तिक १, २०८० बुधबार १५:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया