पार्टीहरूभित्र आदर्श भन्ने कुरा हराउँदै गयो : सिपी गजुरेल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले नेपालका कम्युनिस्ट आन्दोलनमा विचार र राजनीतिको खडेरी आएको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित ‘क. ओम गुरुङ स्मृति ग्रन्थ’ विमोचन कार्यक्रममा उनले पार्टीहरूभित्र आदर्श भन्ने कुरा हराउँदै गएको बताए । 

उनले भने, ‘फेरि नेपालको कम्युनिस्ट आन्दोलनमा विचार र राजनीतिको खडेरी आएको छ । राजनीतिमा आएको खडेरीले उनीहरूको जीवनशैलीमा प्रभाव परेको छ । पार्टीहरूभित्र आदर्श भन्ने कुरा हराउँदै गएको छ ।’

उनले प्रत्येक कम्युनिस्ट पार्टी क. ओम गुरुङले पक्ष्याएको बाटोमा हिँड्नु पर्ने बताए । 





  • प्रकाशित मिति : कात्तिक १, २०८० बुधबार १७:३८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया