logo-img

एनआरएनएको नयाँ नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा तीनजना उम्मेदवार

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चुन्न काठमाडौंमा भेला भएका एनआरएन एप्रतिनिधिले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । 

यस्तै, विदेशमा रहेका प्रतिनिधिले गए रातिदेखि नै अनलाइनबाट मतदान गरिरहेका छन् ।

अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा अध्यक्षको एक मात्र महिला उम्मेदवार रविना थापाले उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गरेकी छन् । अब अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र राजेन्द्र कुमार शर्माबीच प्रतिस्पर्धा हुनेछ ।



एनआरएनएको ११औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।  
 





  • प्रकाशित मिति : कात्तिक २, २०८० बिहीबार ९:२१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया