अमेरिकी प्रतिबन्धले अफगानिस्तानमा भूकम्पपछिको पुनः निर्माणमा असर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अफगानिस्तानको हेरात प्रान्तमा विनाशकारी भूकम्पबाट विस्थापितले अमेरिकाले अफगानिस्तानको सम्पत्ति रोकेकाले भूकम्पपछिको पुनः निर्माणमा असर परेको बताएका छन् ।

विस्थापित एक बासिन्दा मोहम्मद दाउदले अहिले आफूहरू ६ जना परिवारको साथमा खुला मैदानमा बास बस्नु परिरहेको बताए ।  भूकम्प सकिए पनि जीवनकोे आशा गुमेको अर्का एक बासिन्दाको भनाइ छ । 

आफ्नो जीवनलाई निरन्तरता दिन सक्ने की नसक्ने भन्ने डर रहेको दाउदले बताए । हेरात प्रान्तीय सरकारका  प्रवक्ता निसार अहमद इलियासले अमेरिकाले अफगानिस्तानको सम्पत्ति रोकेकाले पीडितको उद्धार गर्न असहज भइरहेको बताए । 

प्रतिबन्धले शतप्रतिशत नकारात्मक असर परेको उनको भनाइ छ ।    
 





  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार ९:२९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया