गृहमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । चीन भ्रमणमा रहेका बेला हृदयाघात भई अस्पताल भर्ना भएका मन्त्री श्रेष्ठ पाँच दिने उपचारपछि नेपाल फर्किएका हुन् ।

चीनको बेइजिङबाट छेन्दु हुँदै उनी आज बिहान ११ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । त्यसअघि उनी कात्तिक ३ गते स्वदेश फर्किने तालिका रहे पनि बिरामी भएर अस्पताल भर्ना भएपछि ढिला गरी स्वदेश फर्किएका हुन् ।

बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो । लगत्तै उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा भर्ना गरिएको थियो ।

एन्जियोग्राम गरेर हेर्दा मुटुको एकातर्फको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई स्टेन्ट राखेर खुलाइएको थियो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न अस्पतालका प्रोफेसर झाङ्ग सुयाङ्ग लगायत अस्पताल परिवार, बेइजिङस्थित नेपाली राजदूतावास परिवार तथा स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति आभार प्रकट गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ८, २०८० बुधबार १२:१९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया