किसानलाई धान भित्र्याउने चटारो [तस्बिरहरू]

ललितपुरका किसानलाई दसैँको बेलमा पनि धान भित्र्याउने चटारो छ । ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानहरूलाई यति बेला भ्याइनभ्याइ छ । 

ललितपुरको खोकनाका किसानहरु धान काट्न, बिटा लगाउन लागिपरेका छन् । यस वर्ष पानी धेरै परेकाले गत वर्षको भन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । 

समयमै मल प्राप्त गर्न नसकेकाले वर्षेनी उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले वर्षेनी झेल्दै आएका छन् । 

धानबाली भित्र्याउन काममा खटिएका खोकनाका किसान गणेश महर्जनले धान पाकिसकेकाले दसैँको बेलामा पनि दसैँ मनाउन छोडेर धान काट्न व्यस्त रहेको बताए ।

पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउने जस्ता कारणले यस वर्षको उत्पादनमा कमी आएको बताए । खोकनासँगै अहिले ललितपुरका बुङ्गमती, चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ । 





 

  • प्रकाशित मिति : कात्तिक १०, २०८० शुक्रबार ११:९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया