दसैँमा ललितपुरका किसानलाई धान भित्र्याउने चटारो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

ललितपुरका किसानलाई दसैँको बेलामा पनि धान भित्र्याउने चटारो छ । ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानहरुलाई यतिबेला भ्याइनभ्याइ छ ।
 
ललितपुरको खोकनाका किसानहरु धान काट्न, बिटा लगाउन लागिपरेका छन् । यसवर्ष पानी धेरै परेकाले गत वर्षको भन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । 

समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले बर्सेनि झेल्दै आएका छन् । धान पाकिसकेकाले दसैँ मनाउन छाडेर खोकनाका किसान बाली भित्र्याउन काममा खटिएका हुन् । 

पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउनेजस्ता कारणले यस वर्षको उत्पादनमा कमी आएको किसानको गुनासो छ । खोकनासँगै अहिले ललितपुरका बुङमती, चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ ।





  • प्रकाशित मिति : कात्तिक १०, २०८० शुक्रबार २२:२१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया