प्यालेस्टाइन-इजरायल युद्धले गाजाका अस्पतालको अवस्था दयनीय

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्यालेस्टाइन-इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय बनेको छ ।  

इन्धन, पानी, स्वास्थ्य सामग्री र कर्मचारी अभावका कारण कतिपय अस्पताल बन्द भएका छन् । अहिले सो क्षेत्रमा इन्धनको चरम अभाव रहेको बताइएको छ । अबको केही दिनमै अस्पतालले आफ्नो सेवाहरू बन्द गर्ने अवस्था रहेको अल नज्जर अस्पतालका कर्मचारी समीर अल जाबले बताए ।

बिजुली नभएका कारण अस्पतालमा जेनेरेटरबाट विद्युत् चलाइएको छ । तर, जेनेरेटरले जम्मा दुई घण्टा मात्रै धान्ने बताइएको छ । 

अस्पतालका कर्मचारीका अनुसार आफूहरूसँग जम्मा २ हजार लिटर मात्रै डिजेल रहेको र त्यसपछि अस्पताल पूर्णरूपमा बन्द हुनेछ । 





  • प्रकाशित मिति : कात्तिक ११, २०८० शनिबार ९:२४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया