logo-img

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज राष्ट्रपतिसहित उच्चस्तरीय भेटवार्ता गर्दै

राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस​ले आज दिउँसो भेट गर्ने भएका छन् । आजै नेपाल आइपुगेका महासचिव गुटेरेस​को भ्रमणको पहिलो दिन उच्चस्तरीय राजनैतिक शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

उनले आज दिउँसो चार बजे राष्ट्रपति कार्यालय शितलनिवासमा पौडेलसँग शिष्टाचार भेट गर्ने राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराइले जानकारी दिइन् ।

यस्तै, आजै उनले प्रधानान्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत प्रमुख दुई राजनीतिक दलका नेता द्वय एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उच्चस्तरीय शिष्टाचार भेटसँगै उनले ललितपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरवार क्षेत्रको अवलोकन गर्नेछन् । यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा नेपाल आएका गुटेरेस​ले आफ्नो महासचिवको दोस्रो कार्यकालमा चारदिने नेपाल भ्रमणमा आएका हुन् । 

१५ वर्षपछि उनले गरेको नेपाल भ्रमणलाई कुटनीतिक क्षेत्रले महत्वको साथ हेरिरहेको छ ।   





  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार ११:१३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया