बंगलादेशमा निर्मित पानीमुनिको सुरुङ सञ्चालनमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दक्षिण एसियाकै पहिलो पानीमुनि निर्माण गरिएको सुरुङ सञ्चालनमा आएको छ । शनिबारबाट बंगलादेशमा पानीमुनि निर्माण गरिएको सुरुङमार्ग यातायातका लागि सञ्चालनमा ल्याइएको हो । 

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सुरुङमार्गको उद्‍घाटन गरिन् । बंगबन्धु शेख मुजिबुर रहमान सुरुङमार्गको उद्‍घाटन समारोहमा हसिना र चिनियाँ राजदूत याओ वेन पनि सहभागी थिए ।

राजधानी ढाकाबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको सुरुङ बंगलादेश र चीन सरकारको संयुक्त लगानीमा निर्माण गरिएको हो ।  

सुरुङले प्रस्तावित एसियाली राजमार्गलाई ढाका–चट्टोग्राम–कक्सबजार राजमार्गसँग जोड्नेछ । चट्टोग्रामदेखि दक्षिणपूर्वी तटीय शहर कक्स बजारसम्मको दूरी ४० किलोमिटर घटाउनेछ ।  





  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार ९:१५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया