भारतमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मृतकको संख्या १३ पुगेको छ । विजयनगरम जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

विजयनगरमका प्रहरी सुपरिटेन्डेन्ट एम दीपिकाले भनिन्, ‘अहिलेसम्म १३ जनाको मृत्यु भएको छ, तीमध्ये सात जनाको सनाखत भएको छ र अन्यको पहिचान हुन बाँकी छ ।’ यसअघि इस्ट कोस्ट रेलवेका सीपीआरओ विश्वजीत साहुले ट्र्याक पुनःस्थापनाको काममा ध्यान दिइएको बताउनुभएको थियो ।  

‘उद्धार कार्य अहिले सकिएको छ, हामीले फँसेका यात्रुहरूका लागि बस र रेलको व्यवस्था गरेका छौँ, १८ वटा रेल रद्ध गरिएको छ र २२ वटा रेल मार्ग परिवर्तन गरिएको छ, हामी आज साँझ ४ बजेसम्म ट्र्याक खाली गर्ने प्रयास गरिरहेका छौँ’, प्रहरी सुपरिटेन्डेन्ट एम दीपिकाले भनिन् । 

उनले सामान्य घाइतेलाई नजिकैको अलामान्दा अस्पतालमा भर्ना गरिएको पनि जानकारी दिइन् । ‘सामान्य घाइते भएकाको अलामान्दा अस्पतालमा प्राथमिक उपचार भइरहेको छ, गम्भीर घाइतेलाई विजयनगरम र विशाखापट्टनम अस्पतालामा लगिएको छ, हामीले फसेका यात्रुहरूका लागि रेल र बसको व्यवस्था गरेका छौँ, केही रेललाई रद्ध र डाइभर्ट गरेका छौँ, हामीले सहायता डेस्क स्थापना गरेर यात्रुहरूलाई एसएमएसमार्फत सूचित गरिरहेका छौँ’, उनले भनिन् ।

‘हाम्रो दुई एआरटी (एक्सिडेन्ट रिलिफ ट्रेन) टिमले त्यहाँ काम गरिरहेका छन् र सम्बलपुर मुख्यालय डिभिजनका सबै कर्मचारी पनि त्यहाँ काम गरिरहेका छन्, साँझ ४ बजेसम्म ट्रयाक सफा गर्ने प्रयास गरिरहेका छन्’, प्रहरी सुपरिटेन्डेन्ट दीपिकाले भनिन् । 

आइतबार साँझ आन्ध्र प्रदेशको विजयनगरम जिल्लामा विशाखापट्टनम–रगडा यात्रुवाहक रेल सोही मार्गबाट गइरहेको विशाखापट्टनम–रगडा रेलसँग ठोक्किएपछि केही डिब्बा लिकबाट खसेको अधिकारीहरूले बताएका छन् । डिभिजनल रेलवे व्यवस्थापकले दुर्घटनामा तीनवटा डिब्बा संलग्न रहेको बताएका छन् ।  





  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार १३:४४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया