ओआईसीलाई इरानको आग्रह : इजरायलको युद्ध अपराध दस्तावेजका लागि समिति गठन गनुपर्‍यो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इरानका विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इरानले इस्लामिक सहयोग संगठन (ओआईसी) सँग इजरायली युद्ध अपराधलाई दस्तावेज गर्न अन्तर्राष्ट्रिय वकीलहरू सम्मिलित एक विशेष समिति गठन गर्न प्रस्ताव गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय संस्थाहरूमा पेस गर्नका लागि विशेष समिति गठनको आवश्यकता रहेको बताए । प्यालेस्टिनीहरू र विशेष गरी गाजाका जनताविरुद्ध इजरायली अपराधहरूको प्रतिरोध गर्न इरानको कानुनी उपायहरूको बारेमा उल्लेख गर्दै उनले इरानको राजधानी तेहरानमा यस्तो बताएका हुन् ।

कनानीले १८ अक्टोबरमा जेद्दाहमा भएको ओआईसीको कार्यकारी समितिको आपतकालीन बैठक र सोही दिन ओआईसीका महासचिव हिसेन ब्राहिम ताहासँगको भेटमा इरानी विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानले यो प्रस्ताव राखेको बताए ।

उनले इरानी विदेशमन्त्रीले विगत सात दशकमा इजरायलले गरेको ‘युद्ध अपराध’ र विशेष गरी गाजा विरुद्ध विगत तीन हप्तामा भएका सान्दर्भिक प्रमाणहरू सङ्कलन गरी पेस गर्ने आधार तयार गरी अभिलेखीकरण गर्न समिति गठन गर्नुपर्नेमा जोड दिए ।

अपराधीहरू र उनीहरूलाई समर्थन गर्नेहरूलाई कारबाही गर्न अन्तर्राष्ट्रिय न्यायालय लगायत जिम्मेवार अन्तर्राष्ट्रिय संस्थालाई कागजात र प्रमाणहरू पेश गर्न आवश्यक रहेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार १०:२८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया