logo-img

समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि विचार गर्नुपर्छ : अध्यक्ष केसी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि विचार गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । 

निर्वाचन प्रणाली खर्चिलो भएको बताउँदै उनले समानुपातिक प्रणालीबाट धनाढ्य र पहुँचवाला सांसद निर्वाचित भएकाले पुनर्विचारको आवश्यकता औँल्याए । वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान र राम्रो मान्छेले सपनामा पनि निर्वाचन जित्न नसक्ने उनको भनाइ छ । 

समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायका लागि राखिएको भए पनि धनाढ्य र पहुँचवालाहरू सांसद बन्ने गरेका उनले बताए । शक्ति र सम्पत्ति भएकाहरू समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेको भन्दै उनले यसको औचित्यमाथि प्रश्न उठाए । 



निर्वाचन शिक्षा पनि अझ राम्रोसँग दिनुपर्ने बताउँदै उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार १८:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया