logo-img

कोदोबाट बनेको स्थानीय मदिराको ब्रान्डिङ गर्ने पालिकाको तयारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

तेह्रथुमको छथर गाउँपालिकाले कोदोबाट बनेको रक्सीको ब्राण्डिङ गर्ने भएको छ । स्थानीय उत्पादनको बजारीकरणका लागि कानुन बनाएर ब्राण्डिङ गर्ने तयारी उक्त पालिकाले सुरु गरेको छ ।

कोदोबाट बनेको स्थानीय रक्सीको उत्पादन, ब्राण्डिङ र बजारीकरणका लागि कानुन बनाउने काम भइरहेको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताएका छन् ।

गाउँपालिकाले आफ्नो वार्षिक नीति कार्यक्रममै घरेलु मदिरा कोदोको लोकल रक्सी ब्राण्डिङ गर्ने कार्यक्रम समेटेको थियो ।

कोशी प्रदेश सरकारले यसअघि घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण र प्रवर्द्धनका लागि योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा १० सदस्यीय सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरेको थियो । 

कार्यदललाई नेपाली मौलिक कौशल प्रयोग गर्दै कोदोबाट घरेलु मदिरा उत्पादन र उपभोग भइरहेकोले त्यस्ता उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गर्नेबारे अध्ययन गरेर सुझाब पेस गर्ने जिम्मेवारी दिइएको थियो ।

कोदोको खेती, उत्पादन र त्यसबाट बन्ने घरेलु मदिराको उत्पादन, संकलन, गुणस्तर परीक्षण, बोटलिङ, ब्राण्डिङ र बजारीकरण अवस्थालगायत विषयमा गाउँपालिकाले अध्ययन गरिरहेको अध्यक्ष लिम्बूको भनाइ छ ।
 





  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार १८:५६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया