logo-img

पाठ्यक्रममा मतदाता शिक्षा राख्न कांग्रेस सांसद बडूको प्रस्ताव

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले मतदाता शिक्षाको विषयलाई विद्यालयको पाठ्यक्रममा राख्न प्रस्ताव गरेका छन् । 

बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मतदाता शिक्षाको विषय विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताएका हुन् । निर्वाचन आएपछि मात्रै मतदाता शिक्षाको सामग्री छाप्ने र शिक्षक तथा विद्यार्थीमार्फत प्रचार गराउने गरिएको भन्दै उनले यसो गर्दा खर्चिलो हुने गरेको बताए । 

विद्यालयको पाठ्यक्रममै मतदाता शिक्षाबारे राखेमा प्रभावकारी हुने र खर्चलाई मितव्ययी बनाउन सकिने उनको सुझाब छ । ‘पाठ्यक्रमभित्र राख्यौँ भने विद्यार्थी, शिक्षक तयार भएका हुन्छन्,’ उनले भने, ‘यिनलाई नयाँ प्रशिक्षण दिनुपर्दैन । छपाई पनि गर्नुपर्दैन ।’



निर्वाचन प्रणालीलाई मितव्ययी बनाउन तीनवटै निर्वाचन एकसाथ हुनसक्ने कानुनी व्यवस्था गर्नुपर्ने उनको सुझाब छ । उसो गर्दा राष्ट्रिय रुपमा बजेटको बचत हुने उनले औँल्याए । 





  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार १९:१९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया