logo-img

‘कल गर्ल’ उपलब्ध गराइदिने भन्दै ठगी गर्ने दुई युवक पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपलब्ध गराउने भनी विभिन्न व्यक्तिबाट ठगी गरेको पाइएपछि कार्यालयको टोलीले उनीहरूलाई विराटनगरबाट पक्राउ गरी आज काठमाडौं ल्याएको हो ।  

यसरी पक्राउ पर्नेमा मोरङका गौरव जैन र भोजपुरका शैलेन्द्र श्रेष्ठ रहेका कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । सम्पर्क नम्बरसमेत सार्वजनिक गरी ठगी गर्ने समूहले महिलाहरूको फोटो उपलब्ध गराइदिने र छनोट भएकाको हकमा तोकिएको मूल्य दिएपछि महिला उपलब्ध हुने भनी सामाजिक सञ्जालका समूहहरुमा पोष्ट गरी रकम ठगी गरेको पाइएको उनले बताए ।

अनुसन्धानका क्रममा सामाजिक सञ्जालबाट सार्वजनिक भएको मोबाइल नम्बर चलाउने दुई व्यक्ति उनीहरू भएको पत्ता लागेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मोरङबाट पक्राउ गरी काठमाडौं ल्याएको हो । 





  • प्रकाशित मिति : कात्तिक १७, २०८० शुक्रबार २२:५७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया